बीमा समुहमा उच्च वृद्धिसँगै नेप्से २५.१४ अंकले बढ्यो



काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.१४ अंकले बढेको छ । नेप्से १.६९ प्रतिशतले बढ्दा १५१६.०२ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज १ सय ६५ कम्पनीका १८ लाख ४७ हजार ५३ कित्ता सेयर खरिद बिक्रि भएको छ । समग्र नेप्सेमा ७५ करोड ११ लाख ६७ हजार १ रुपैयाँको कारोबार भएको छ ।

बीमा समूह ११२.७३, होटल समूह १०.७५, विकाश बैंक समूह २७.९५, ट्रेडिङ समूह ०.८५, जलविद्युत समूह ५५.३७, बैंकिङ सकूह २१.६१, वित्तिय समूह ३.३४, उत्पादनमूलक समूह ५६.७३, माइक्रोफाइनान्स समूह ५८.८५ र अन्य समूह ६.९४ अंकले बढेका छन् ।

विजया लहुबित्त वित्तिय संस्थानका लगानीकर्ताले ९.८३ प्रतिशतले कमाइ गरेका छन् । भने सगरमाथा इन्सुरेन्सका लगानीकर्ताले ५.९७ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु