मलेसियामाथि नेपालको शानदार जित, पुग्ला त सेमिफाइनलमा ? (अंक तालिकासहित)



काठमाडौं । एसीसी यू१९ एशिया कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा जिबित राखेको छ ।

वर्षाका कारण अबरुद्ध रहेको खेलमा मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले २ बिकेट गुमाउँदै पुरा गरेको हो ।

नेपाली टिमका बलर सन्दिप लामिछानेले ५ बिकेट लिएपछि मलेसियाको टिम धारासायी बनेको थियो । अन्य बलरहरु कप्तान दिपेन्द्र सिंह ऐरी र साहव आलमले २।२ तथा अनिलकुमार साहले १ विकेट लिएका थिए ।

अब सेमिफाइनल प्रबेशको लागि भारत र बंगलादेश बिच हुने खेलले अन्तिम निर्णय गर्ने छ । यदि बंगलादेशले भारतलाई हराएमा वा भारतले बंगलादेशलाई राम्रो नेट रन रेटमा हराएको खण्डमा नेपाली टिम सेमिफाइनल पुग्ने छ ।

यस्तो छ अंक तालिका


क्लिकमान्डु