कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा द्वन्द्वपीडितलाई निःशूल्क उपचार



काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले द्वन्द्वपीडितको लागि निःशूल्क उपचार सेवा सुरु गरेको छ । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयसँगको सहकार्यमा द्वन्द्वपीडितको निःशूल्क स्वास्थ्य सेवा सुरु गरेको प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्रबहादुर वाग्लेले जानकारी दिए ।

‘द्वन्द्वपीडित नागरिकको घाउमा मलम लगाउने उद्देश्यले हामीले सरकारसँगको सहकार्यमा निःशूल्क सेवा सुरु गरेका हौं । द्वन्द्वपीडितको विशेष केयर गर्नु दायीत्व सम्झेर हामीले पहल गरेका हौं,’ वाग्लेले भने ।

मन्त्रालयसँगको सम्झौताअनुसार निर्देशिका बनिरहेपनि उपचार सेवा सुरु भइसकेको वाग्लेले जानकारी दिए ।

फिजियोथेरोपी, हाडजोर्नी तथा नसा, स्त्री रोग र प्रसुति सम्बन्धी, नेत्र रोग र एक्सरेलगायतका सेवा द्वन्द्वपीडितले पाउने प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले जानकारी दिए । द्वन्द्वपीडित नागरिकको लागि उपलब्धी भएको काफ्लेले बताए ।

कर्णालीका पाँच जिल्ला, सल्यान, रुकुम, जाजारकोट, सुर्खेत, दैलेख, अछाम, बाजुरा, बझाङमा द्वन्द्वपीडितले सेवा पाउने छन् । यसको लागि मन्त्रालयले १० करोड बजेट विनियोजन गरेको छ ।


क्लिकमान्डु