जापान एयरलाइन्सको कार्गो एजेन्टमा स्टारलाईट एक्सप्रेस नियुक्त



काठमाडौं। जापान एयरलाइन्सले नेपालवाट कार्गो सेवा शुरुवात गरेको छ । हाल विभिन्न आधुनिक विमानमार्फत विश्वका ९२ वटा गन्तव्यमा आफ्नो सेवा प्रदान गरिराखेको जापान एयरलाइन्सले नेपालका लागि स्टारलाईट एक्सप्रेसलाइ जेएसएको रुपमा नियुक्त गरेको छ ।

स्टारलाईट एक्प्रेस्का प्रवन्ध निर्देशक सुन्दर दाहालले नेपाल र जापान बीचको दुई देशिय आर्थिक सहयोगमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

यसले हाल नेपालवाट दिल्लीसम्म नेपाल एयरलाईन्स र दिल्लीवाट जापानसम्म जापान एयरलाइन्समार्फत हरेक दिन कार्गो सेवा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।

उच्चस्तरीय सेवा र सुविधा सहित सेवा विस्तार गरिरहेको जापान एयरलाइन्सको कार्गो ढुवानी दर अहिले वजारमा चलिआएको भन्दा कम रहेको पनि कम्पनीले दाबी गरेको छ ।


क्लिकमान्डु