प्राइम बैंकले २७ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । प्राइम कमर्शियल बैंकले २७ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको संचालक समितिको बैठकले २७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

बोनस सेयरमा लाग्ने नगद लाभांशको बारेमा भने बैंकले केही उल्लेख गरेको छैन । बोनस सेयरमा लाग्ने लाभांश सेयरधनीले नै दिनुपर्ने देखिन्छ ।

२७ प्रतिशत बोनस सेयर दिएपछि प्राइमको चुक्ता पुँजी ८ अर्ब २ करोडभन्दा बढी हुने छ ।


क्लिकमान्डु