सेयर बजारमा ओलीको भाषणको संयोग



काठमाडौं । सेयर बजार आज धेरैदिन पछि उकालो लागेको छ ।

साताको पहिलो दिने नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १६.४१ अंकले बढेको छ ।

आइतबारको कारोबारबाट नेप्से परिसूचक १४७७ बिन्दुमा पुगेको छ ।
बामपन्थी गठनबन्धन भएपछि सेयर बजार ओरालो लागिरहेको छ ।

हरेक दिनजसो सेयर बजार घटेको थियो ।

झापामा चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले बामपन्थी गठबन्धन डर देखाएर अर्थशास्त्र नबुझेका व्यक्तिले सेयर बजार घटाएको बताएका थिए ।

आज व्यापार बाहेक सबै समूह उकालो लागेको छ ।

नेप्सेमा आइतबार ३९ करोड रुपैयाँको कारोबार भएको छ ।

१५९ कम्पनीको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु