गभर्नरले आइएमएफ प्रमुख लेगार्डलाई भेटे



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले अन्तराष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिना लेगार्डलाई भेटेका छन् ।

आइएमएफको एशिया प्रशान्त क्षेत्रको सम्मेलनमा जापानमा नेपालले आइएमएफ प्रमुखसँग भेटेका हुन् ।

सक्षिप्त भेटमा नेपालको आर्थिक अवस्थाको बारेमा आइएमएफ प्रमुखलाई गभर्नर नेपालले जानकारी गराएका थिए ।

सम्मेलनको पहिलो सत्रमा अन्तर्राष्ट्रिय मुद्रा कोषका म्यानेजिङ्ग डाइरेक्टर क्रिष्टिना लेगार्ड र जापानका उपप्रधान तथा अर्थमन्त्रीले किनोट एड्रेस दिएका थिए ।

सम्मेलनको दोस्रो सत्रमा गभर्नर डा. नेपाल प्यानलिष्टको भूमिकामा सहभागी भएका थिए । उक्त सत्रमा गभर्नर डा. नेपालले नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, नेपाली अर्थतन्त्रको अवसर तथा चुनौतीहरु, समावेशी र दिगो आर्थिक विकास तथा पूर्वाधार विकासको लागि नेपालले अपनाएका उपायहरुका साथै अन्तर्राष्ट्रिय मुद्रा कोष र जापानले नेपालको विकासमा पु¥याएको र पु¥याउन सक्ने योगदान बारे प्रकाश पारेका राष्ट्र बैंकले जानकारी दिएको छ ।

सोही सत्रमा उठेका प्रश्नहरुलाई गभर्नर डा. नेपालले सम्बोधन गरेका थिए । सो सत्रमा गभर्नर डा. नेपालका अतिरिक्त ४ जना विभिन्न देशका मन्त्री तथा अर्थशास्त्रीहरु प्यानलिस्टको रुपमा सहभागी थिए ।

त्यसै गरी गभर्नर डा. नेपाल सोही दिन साँझ क्षेत्रीय सम्मेलनको २०औं वार्षिकोत्सवको अवसरमा आयोजित रिसेप्सन डिनरमा सहभागी भए । सो अवसरमा म्यानेजिङ्ग डाइरेक्टर लेगार्ड, जापानका उपप्रधान तथा अर्थमन्त्री र बैंक अफ जापानका गभर्नरले संबोधन गरेका थिए । सोही अवसरमा गभर्नर डा. नेपाल र म्यानेजिङ्ग डाइरेक्टर लेगार्डबीच भेट–वार्ता भयो । सो अवसरमा नेपाल र मुद्रा कोषको सम्बन्ध बारे संक्षिप्त वार्ता भएको थियो ।

गत नोभेम्बर ८ देखि ९ सम्म संचालन भएको सो कार्यक्रममा भाग लिई गभर्नर डा. नेपाल दिन स्वदेश फर्किसकेका छन् । गभर्नर डा. नेपालका साथ गभर्नरको कार्यालयका निर्देशक राजेन्द्र पण्डित पनि उक्त कार्यक्रमहरुमा सहभागी थिए ।


क्लिकमान्डु