महालक्ष्मी विकास बैंकको सिइओमा कृष्णराज लामिछाने



काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज लामिछाने नियुक्त भएका छन् ।

महालक्ष्मीमा आजदेखि काम सुरु गरेको लामिछानेले क्लिकमाण्डूलाई बताए ।

नेपाल बैंकबाट बैकिङ क्षेत्रमा प्रवेश गरेका लामिछाने यसअघि कैलाश विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए ।

विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैकर्स एशोसियनका अध्यक्ष रहेका लामिछाने अन्नपूर्ण फाइनान्सलाई स्तरउन्नती गरेर कैलाश विकास बैंक बनाएका थिए ।

कैलाशमा विभिन्न वित्तीय संस्थालाई मर्ज गराएका थिए ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून अनुसार लगातार २ कार्यकाल सिइओको रुपमा बस्न नपाइने भएपछि लामिछानेले कैलाश छाडेका थिए ।

महालक्ष्मीमा सिइओ रहेका रमेश भट्टराईले छाडेपछि सिइओ पद खाली थियो ।


क्लिकमान्डु