अमिताभ कान्तको भविष्यबाणीः डेविट र क्रेडिट कार्डको आयु अब बढीमा ४ बर्ष



काठमाडौं । नेशनल इन्टिच्युसन फर ट्रान्सफमिङ इन्डिया (नीति आयोग) का प्रमुख कार्यकारी अधिकृत अमिताभ कान्तले आगामी ३/४ बर्ष भित्र डेबिट कार्ड, क्रेडिट कार्ड र एटिएम मेसिनको प्रयोग बन्द हुने दाबी गरेका छन् । उनले आगामी समयमा पेइमेन्टको लागि मोवाइल फोनको प्रयोग हुने बताएका छन् ।

पछिल्लो समय हरेकको हातमा मोवाइल फोनको पहुँच बिस्तार हुँदै गएकाले अब कार्डको समय सकिन लागेको उनले दाबी गरेका हुन् । भारतमा पछिल्लो समय करिब ४२ प्रतिशतले डिजिटल भुक्तानीको प्रयोग गर्न सुरु गरेकाले अबको दिनमा यसको हिस्सा बढ्ने उनले बिस्वास लिएका छन् ।

भारतबाट नै एटिम कार्ड र डेबिट कार्डको प्रयोग बिस्थापन हुने बताउँदै कान्त भन्छन् ‘७२ प्रतिशत जनसंख्या ३२ सालभन्दा कम उमेरका भएकाले उनीहरुले टेक्नोलोजी ट्रान्फरलाई सहजै अपनाउने छन् ।’

उनले युरोप र अमेरिका जस्ता देश बुढा जनसंख्याले सिथिल हुँदा भारतमा युवाको हिस्सा धेरै हुने हुँदा अबको टेक्नोलोजीको नेतृत्व भारतले गर्ने बताए ।

बढ्दो मोवाइल पेमेन्ट
भारत संसारमै सबै भन्दा बढी बैंक खाता भएको देश रहेको बताउदै कान्त भन्छन् ‘भारत एक अर्ब बायोमेट्रिक्स, एक अर्ब मोवाइलफोन प्रयोगकर्ता र एक अर्ब बैंक खाता भएको देश हो ।’

भारतमा पछिल्लो समय मोवाइल फोनबाट भुक्तानी भइरहेको छ र यो निकै छिटो बढिरहेको छ ।

नेपालमा मोवाइल मनी
नेपालमा समेत पछिल्लो समय मोवाइल फोनको प्रयोग बढ्दो क्रममा रहेको छ । नेपालमा समेत युवा जनशक्ति भारत कै जस्तो अबस्थामा रहेको छ । नेपाली बैंकहरुले २००९ देखिनै मोवालबाट भुक्तानी गर्न सक्ने प्रणालीको विकास गरेका छन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकले मोबाइल भुक्तानी प्रणालीको बिस्तारको लागि अनुमति दिइसकेको छ ।

यस्तोमा जनचेतनाको विकास गर्न सक्ने हो भने नेपालबाट समेत कार्डको प्रयोग हट्दै जाने देखिन्छ ।

दैनिक भाष्कर डटकमबाट


क्लिकमान्डु