रसुवाका कांग्रेस उम्मेद्वार आचार्यको प्रतिवद्धता- मैले जितेँ भने यी काम गर्छु



रसुवा। नेपाली कांग्रेस र नयाँ शक्ति पार्टी नेपालको लोकतान्त्रीक गठवन्धन रसुवाको संघिय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी प्रतिवद्धता पत्र तयार पारेको छ। समृद्ध र समुन्नत रसुवा निर्मार्णका लागि लोकतान्त्रीक गठवन्धनले आगामी पाँच वर्षको लागि उक्त प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो।

रसुवागढी नाका, पुर्वधार, जल विद्युत, हाइड्रोपावर, भ्रष्टाचार रहित जिल्ला, सुकुम्वासी समस्या, महिला स्वास्थ्य, युवाहरुलाई रोजगारी, पर्यटन, जल पर्यटन र कृषि लगाएत  एक सय २३ बुँधामा उक्त प्रतिवद्धता पत्र समेटिएको छ। कांग्रेस रसुवाका प्रतिनिधि सभा उम्मेद्वार मोहन आचार्य छन् भने प्रदेश सभा (क) का लागि नेपाली कांग्रेसका तर्फबाट प्रभात तामाङ र प्रदेश सभा (ख) बाट नयाँ शक्ति पार्टीका प्रेम तामाङ छन्।

गत हप्ता  कार्तिक १४ गते नेपाली कांग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभाका लागि ८४ पृष्ठ लामो चुनावी घोषणापत्र सार्वजनिक गरेको थियो। यसपटक मुलुकका दुई मुख्य कम्युनिष्ट शक्तिहरु एक भएर चुनाव लड्न लागेकोले कांग्रेसले पनि उनीहरुको भन्दा उत्कृष्ट घोषणापत्र तयार गरिएको कांग्रेसको दावी छ।

कांग्रेसले यो पटकको चुनावी नारा ‘ कांग्रेसको नेतृत्वमा शान्ति र स‌ंविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान ‘ नै राखिएको छ। चुनाव नजिकिदै गर्दा आफ्नो क्षेत्रको विकासका लागि उम्मेदवारले पनि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्न थालेका छन्।


पुष्प दुलाल