एनआईबिएल क्यापिटलले एस क्यापिटल गाभ्ने



काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्सले एस क्यापिटलाई गाभ्ने भएको छ । बिहीबार मर्जरसम्बन्धी सम्झौतापत्रमा दुबै पक्षका प्रतिनिधिहरु हस्ताक्षर गरेका छन् ।

एनआईबिएलका तर्फबाट अध्यक्ष सचिन टिवडेवाल र एसका तर्फबाट अध्यक्ष रविन सिजापतीले हस्ताक्षर गरेका हुन् । गाभिएपछि कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ पुग्नेछ ।

एस क्यापिटलको मूख्य कम्पनी एस डेभलपमेण्ट बैंकलाई नेपाल इन्भेष्टमेण्ट बैंकले एक्वायर गरिसकेको छ । मुल संस्था नै इन्भेष्टमेन्ट बैंकमा एक्वायर भएपछि बैंकको सायक कम्पनी एनआइबीएल क्यापिटलले एसको सहायक कम्पनी एस क्यापिटललाई एक्वायर गर्ने सम्झौता गरेको हो ।


पुष्प दुलाल