१४६६ अंकमा झर्यो नेप्से, सबै उपसमूह राता



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक १७.८३ अंकले घटेको छ । नेप्से १४६६.६२ अंकमा अडेको छ ।

आज १ सय ५९ कम्पनीका ११ लाख ९८ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ४७ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका सबै उपसमूहहरु राता भएका छन् । बैंकिङ समूह १४.३८, ट्रेडिङ समूह ३.६३, होटल समूह ७६.३५, विकास बैंक समूह २१.५१, जल विद्युत समूह २८.२५, वित्तिय समूह ८.४६, बीमा समूह १३५.०५, उत्पादन मूलक समूह ३.२१, अन्य समूह २.८९ र माइक्रोफाइनान्स २१.५८ अंकले घटेका छन् ।

स्ट्याण्डर चार्टर बैंक ३ करोड २२ लाख ९८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

महुली सामुदायिक लघुवित्त कम्पनीका लगानीकर्ताले ४ प्रतिशतले कमाएका छन् ।
बोटलर्स नेपाल (तराई)का लगानीकर्ताले ९.९८ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल