एनआईसी एशिया बैंक शाखा बिस्तारमा आक्रमक



काठमाडौं । एनआईसी एशिया बैंकले शाखा बिस्तारलाई निकै आक्रमक बनाउदै लगेको छ । बैंकले कैलालीको जोशीपुर गाँउपालीका र जारकोटको भेरी नगरपालीकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यी दुई नयाँ शाखा सहित बैंकको शाखा संख्या १३५ पुगेको छ ।

जोशीपुर शाखाको उद्घाटन जोशीपुर गाउँपालिकाका अध्यक्ष राम कृष्ण चौधरी तथा कार्यकारी अधिकृत नारायण बहादुर बिष्टले गरे भने भेरी शााको उद्घाटन भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश गरेका थिए ।

बैंकले हरेक सम्भावितबजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालनगर्ने योजना अगाडि सारेको बिज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु