चार बर्षको लागि सेञ्चुरी बैंकको सिइओमा नियुक्त भए अनिल शाह



काठमाडौं । सेञ्चुरी बैंकको कार्तिक १६ गते बसेको संचालक समितिको निर्णय अनुसार अनिल केशरी शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

शाहाले पुष १७ गतेबाट बैंकको कमान संहाल्ने छन् । उनलाई आगामी ४ वर्षको लागि नियुक्त गरिएको बैंकले जनाएको छ ।

शाह यसअघि स्टान्डर्ड चार्टड बैंक नेपालबाट बैंकिङ्ग करियर सुरुगरी नबिल र मेगा बैंकको प्रमुखकार्यकारी अधिकृतको जिम्मेवारी संभालिसकेका व्यक्ति हुन् ।


क्लिकमान्डु