२६ अंकले घट्यो नेप्से, ट्रेडिङ समूह बाहेक सबै राता



काठमाडौं । आइतबार नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचकले १५ सयको अंक छोडेको छ । २६.३५ अंकले घटेको नेप्से १४९६.४६ अंकमा अडेको छ ।

आज १ सय ५९ कम्पनीका १५ लाख ६ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । ६३ करोड १२ लाख १० रुपैयाँको कारोबार भएको छ ।
ट्रेडिङ समूह २.७ प्रतिशतले बढेको छ ।

बैंकिङ समूह २४.२९, होटल समूह ९.३३, विकास बैंक समूह ३०.९१, जलविद्युत समूह २३.६८, वित्तिय समूह ६.३७, बीमा समूह १५७.०६, उत्पादन मूलक समूह ५०.५५, अन्य समूह ११.५७ र माइक्रोफाइनान्स ३०.५९ अंकले घटेका छन् ।

आज नेपाल लाईफ इन्स्योरेन्सको ३ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

समता माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले ९.८७ प्रतिशतले कमाएका छन् ।

स्वावलम्बन विकास बैंकका लगानीकर्ताले ६.०७८ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल