माछापुच्छ्रे र इन्डस्ट्रियल बैंक अफ कोरिया बिच रेमिट्यान्स सम्झौता




काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र इन्डस्ट्रियल बैंक अफ कोरियाबिच रेमिट्यान्स सम्झौता भएको छ । इन्डस्ट्रियल बैंक अफ कोरियाको मुख्यालय दक्षिण कोरियामा सो बैंकका चिफ डिजिएम वु डोङ हो र माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सन्तोष कोइरालाका बीच सम्झौता आदान प्रदान भएको बैकले जनाएको छ ।

सम्झौतापछि दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुनजंग बहादुर सिंहले रेमिट्यान्स सेवाको औपचारिक उद्घाटन गरेका थिए ।
दक्षिण कोरियामा कार्यरत नेपालीहरुले इन्डस्ट्रियल बैंक अफ कोरियाको माध्यमबाट माछापुच्छ्रे बैंकका नेपालभरि छरिएका ६२ शाखा, ४ एक्स्टेन्सन काउण्टर र ६ शाखारहित सेवा काउण्टरमा सजिलो र सरल माध्यमले रकम पठाउन सक्ने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले नेपाल रकम पठाउने नेपालीहरुलाई बचत खातामा निःशुल्क दुर्घटना बीमालगायत कर्जा र अन्य बैंकिङ सेवाहरुमा विशेष सुविधा तथा सहुलियत प्रदानगर्ने व्यवस्था गरेको जनाएको छ ।

बैंकले दक्षिण कोरियाबाट नै अत्याधुनिक उपकरणको प्रयोग गरी रियल टाईममा खाता खोल्ने सुविधा समेत प्रदान गरेको छ ।


क्लिकमान्डु