माछापुच्छ्रे बैंकको नयाँ २ वटा शाखारहित बैकिङ्ग सेवा, रियल टाइममा खाता खोल्न सकिने



काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले कार्तिक १५ गते दाङ स्थित गढवा गाउँपालिका वडा नं १ कालाकाँटे र लमही नगरपालिका वडा नं ८ सतबरीया गरी २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा सो स्थानहरुमा २ शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको हो । योसहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ६ शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको बैकले जनाएको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित सो शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने, १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्ने जनाएको छ ।


क्लिकमान्डु