रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक




काठमाडौं । मलेसिया स्थित रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ ।

सफ्टवेयरमा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका चार जना भाग्यशाली सेवाग्राहीहरु श्रीराम थापा, महेन्द्र शाह, संजितकुमार राय र रामएक्बल महतो भाग्यशाली बिजेता घोषित चएका छन् ।

सेवाग्राहीहरुले मलेसियाबाट रिया आइएमईमार्फत अक्टोबर महिनामा नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए ।

भाग्यमानी विजेताहरुले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्गमसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यानप्राप्त गर्ने आइएमइले जनाएको छ । उपहार प्राप्तगर्नका लागि विजेताहरुले मलेसिया स्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्नेछ ।


क्लिकमान्डु