सिप्रदीको राष्ट्रव्यापी चालक प्रशिक्षण कार्यक्रम



काठमाडौं । सिप्रदीयन सहायता संस्था र सिप्रदी ट्रेडिङ्ग प्रा.लि को संयोजकत्वमा यही कात्तिक १६ देखि २२ गते सम्म राष्ट्रव्यापी चालक प्रशिक्षण कार्यक्रम “सुरक्षित तथा इन्धन मितव्ययी चालक तालिम” संचालन हुन गइरहेको छ । सो कार्यक्रम सिप्रदी ट्रेडिङ्ग प्रा.लि को काठमाडौं लगायत सिप्रदीका अन्य शाखा कार्यालयहरु इटहरी, विरगंज, नेपालगञ्ज, पोखरा र बुटवलमा संचालन हुने आयोजकले जानकारी दिएको छ ।

नेपालमै पहिलो पटक हुन लागेको वृहत प्रशिक्षण कार्यक्रममा नेपालभरिका १२०० जना चालकहरुलाई तालिम दिने योजना रहेको जानकारी सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले दिएको छ ।

सो तालिम कार्यक्रममा परिवर्तित प्रविधिको बारेमा चालक हरुलाई प्रशिक्षित गरिनेछ । साथै उक्त तालिममा इन्धनको कम खपत, गाडीको क्षमता वृद्धिको बारेमा पनि चालक हरुलाई तालिम प्रदान गरिनेछ ।

सिप्रदीयन सहायता सस्ंथा, सिप्रदी टे«डिङ्ग प्रा.लि. को संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सन् २०१२ देखि सञ्चालित रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु