अन्तर्राष्ट्रिय विमानस्थलको रनवे विस्तारको जिम्मा चिनियाँलाई




काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजना अन्तर्गत धावन मार्ग विस्तारको जिम्मा चिनियाँ कम्पनी साङ्सी कन्स्ट्रक्सनले पाएको छ ।

गत वर्ष आयोजनाको ठेक्का पाएको स्पेनीस कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेसँग ठेक्का सम्झौता तोडिएसंगै सवैकाम ठप्प भएको थियो ।
चिनियाँ कम्पनीले कोटेश्वर तर्फ ३ सय मिटर धवन मार्ग विस्तार गर्ने छ । १८ महिनामा सम्पन गर्ने लक्ष्य राखिएको एनसीभी-०१ प्राजेक्टको लागत झन्डै ५९ करोड रुपैयाँ रहेको छ ।

विस्तारपछि धावनमार्गको लम्बाइ ३३५० मिटर हुनेछ । हाल लम्बाइ ३०५० मिटर र चौडाइ ६० मिटर रहेको छ । प्राधिकरणले धावन मार्ग ३ सय मिटर विस्तारको लागि आह्वान गरिएको ग्लोवल टेन्डरमा चिनियाँ साङ्सी कन्स्ट्रक्सन कम्पनीले जितेको हो ।

टर्मिनल भवन नेपाली ठकेदारले बनाउने

विगतमा सवै काम एकै कम्पनी स्पेनिसलाई दिएको भएपनि यसपटक भने प्राधिकरणले ४ भागमा विभाजन गरेको थियो । जसका दुई भाग भने नेपाली कम्पनीलाई जिम्मा दिने तयारी अन्र्तगत अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको लागि नेपाली ३ वटा कम्पनीले संयुक्त रुपमा बनाउने भएका छन् ।

टर्मिनल भवनको लागि प्रेरा, शर्मा र अशिष निर्माण कम्पनीले जिम्मा पाएका छन् । २१ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको प्राधिकरणले जनाएको छ । एनसीभी-०२ प्राजेक्ट अन्तर्गत उक्त आयोजनाको लागत ७० करोड रुपैयाँ रहेको प्राधिकरणले जानकारी दिएको छ ।

६ करोड १० लाख अमेरिकी डलर अर्थात तत्कालिन अवस्थाको करिब ६ अर्ब रुपैयाँको काम गर्ने गरी ठेक्का पाएको सान्जोसेले योजना सक्न दिएको तीन वर्षको समयमा निकै थोरै प्रगति गरेको थियो ।

एसियाली विकास बैङ्क (एडीवी) को आठ करोड अमेरीकी डलरको ऋण सहयोगमा विमानस्थलको क्षमता विमानस्थलको काम भएको हो । एडीवीको विमानस्थलको विस्तारका लागि ७ करोड डलर ऋण र एक करोड डलर अनुदान दिएको थियो ।

सन् २०१३ को मार्ग १७ देखि काम सुरु गरेको स्पेनिस कम्पनीले प्राधिकरणसँग गरेको सम्झौता अनुसार सन् २०१६ को मार्चभित्र काम सक्नुपर्ने भएपनि तीन वर्षको अवधिमा जम्मा १६ प्रतिशत काम सम्पन्न गरेको थियो ।

सन् २०२८ सम्मको गुरुयोजनाअनुसार त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि २९ लाख र अन्तराष्ट्रियतर्फ ६३ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता विस्तार गर्ने योजना सरकारको थियो ।


क्लिकमान्डु