एनआईसी एशिया बैंकले खोल्यो मोरङको पथरीमा नयाँ शाखा



 

काठमाडौं । एनआईसी एशिया बैंकले मोरङको शनिश्चरे नगरपालिका १, जनआन्दोलनचौक पथरीमा आफ्नो १३३ औं शाखा खोलेको छ ।

सो शाखाको शाखाको उत्घाटन शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राई गरेका हुन् । ‘शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्येको एक हो’ बैंकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

पथरी शाखाको समुद्घाटनसँगै हाल बैंकको देशभर १३३ शाखा र १४१ एटिएम काउन्टर संचालनमा रहेका छन् ।

बैंकले हरेक सम्भावितबजार क्षेत्रमा आफ्नाग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालनगर्ने योजना अगाडि सारेको बैकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा बैंकका सूचना अधिकारी रोशनकुमार न्यौपानेले जानकारी दिएका छन् ।


क्लिकमान्डु