आज अष्ट्रेलियन एजुकेशन सेमिनार




काठमाडौं । आज अष्ट्रेलियन एजुकेशन सेमिनार हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको पुतलिसडकस्थित कार्यालयमा सेमिनारमा आयोजना हुने भएको हो ।

एकदिने सेमिनारमा अष्ट्रेलियाका Charles Sturt University, Victoria University (ECA)  र TAFE  South Australia का प्रतिनिधिहरु सहभागि हुँदैछन् ।

सेमिनार मार्फत विद्यार्थी तथा अभिभावकहरुले अष्ट्रेलियामा अध्ययनका लागि आवश्यक सम्पूर्ण सुचना तथा जानकारी प्रत्यक्षरुपमै लिन सकिने सर्भिसेजका प्रबन्ध निर्देशक खेम संग्रौलाले बताए ।

उनका अनुसार आगामि फेब्रुअरी वा जुलाई इन्टेकका लागि अष्ट्रेलिया पढन चाहने विद्यार्थीहरुले पढन चाहेको विषय र सो सम्बन्धि अन्य सम्पूर्ण जानकारी स्थलगतरुपमा लिन सक्ने बताए ।

सेमिनारमा सहभागिका लागि निशुल्क गरिएको आयोजकले जनाएका छन् ।


पुष्प दुलाल