नेप्सेमा आजदेखि लघुवित्त समूहको अलग्गै परिसूचक



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा लघुवित्त कम्पनीको आजदेखि अलग्गै परिसूचक हुने भएको छ ।

अहिलेसम्म लघुवित्तलाई विकास बैंक समूहमा राखिएको थियो । नेप्सेले दिएको जानकारी अनुसार ३३ वटा लघुवित्त कम्पनीको अलग्गै सूचक हुने छ ।

लघुवित्त र विकास बैंक फरक भएपनि नेप्सेले एउटै सूचकमा राखेको थियो । जबकी लघुवित्त र विकास बैंकले गर्ने काम नै फरक छ ।

विकास समूहमा ७१ वटा संस्था रहेकोमा ३३ वटा अब घट्ने भएका छन् ।


क्लिकमान्डु