कांग्रेसको समानुपातिक सांसदमा बिनोद चौधरीदेखि देवीप्रकाश भट्टचनसम्म (सूचिसहित)



काठमाडौं । व्यावसायिक घराना प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचन नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसदको उम्मेद्वार बनेका छन् । कांग्रेसको समानुपातिक सांसदको सूचिमा भट्टचनको पनि नाम छ ।

भट्टचन २०४९ सालको स्थानीय तहको निर्वाचनमा बागलुङमा कांग्रेसका तर्फबाट जिल्ला विकास समितिको सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।

२०४८ सालको आम निर्वाचनमा सांसदमा स्वतन्त्र उम्मेद्वारी दिएका भट्टचनले दोस्रो मत ल्याएका थिए । बैंक, बीमा, रेमिट्यान्स, सहकारी, हेलिकप्टर र अन्य सेवा क्षेत्रको व्यवसायमा स्थापित भएका भट्टचन पछिल्लो समयमा उल्लेख्य प्रगति गरेका व्यवसायी मानिन्छन् ।

फोर्ब्स म्यागेजिनले नेपालका एकमात्र डलर अर्बपतिको सूचिमा राखेका व्यवसायी बिनोद चौधरी नेपाली कांग्रेसबाट समानुपातिक सांसदको उम्मेद्वार बनेपछि नेपाली राजनीतिमा नयाँ तरंग उत्पन्न भएको थियो । यही बेला अर्का ठूला व्यवसायी भट्टचन पनि कांग्रेसबाट सांसदको उम्मेद्वार बनेका हुन् ।

चौधरी यसअघि एमालेबाट समानुपातिक सांसद बनेका थिए ।

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, व्यवसायी अनिल रुङगटा, व्यवसायी दिब्यमणि राजभण्डारी र लिटिल एञ्जल कलेजका प्रमुख उमेश श्रेष्ठ लगायतका व्यवसायीहरु पनि कांग्रेसको समनुपातिक सांसदको सूचिमा छन् ।

यस्तै हालै कांग्रेस प्रवेश गरेका पोखराका व्यवसायी सुर्यबहादुर केसीपनि समानुपातिकको उम्मेद्वार छन् ।

जसमध्ये रुङगटा र श्रेष्ठ ०७० सालको निर्वाचनमा पनि समानुपातिक सांसद भएका थिए । दोलखाका पुराना कांग्रेसी भए पनि राजभण्डारी सांसद बन्न भने सकेका थिएनन् ।

उम्मेदवारहरूकाे याे सुची हामीले अाजकाे नागरिक दैनकबाट लिएका हाैं ।

यी हनु् कांग्रेसको समानुपातिक सांसदका उम्मेद्वार 


पुष्प दुलाल