साढे १३ अंकले घट्यो नेप्से, सबै उपसमूह राता




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक १३.४९ अंकले घटेको छ । साढे १३ अंकले घटेको नेप्से १५४०.२३ अंकमा अडेको छ ।

आज १ सय ५८ कम्पनीका १३ लाख ८१ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ५० करोड १४ लाख २६ हजार रुपैयाँको कारोबार भएको छ ।

आइतबार नेप्सेका सबै उप समूहहरु घटेका छन् । बैंकिङ समूह १२.९१, ट्रेडिङ समूह २.५३, होटल समूह ३८.७४, विकास बैंक समूह १७, जल विद्युत समूह १५.७, वित्तिय समूह ३.१, बीमा समूह ५८.५९, उत्पादन मूलक समूह ३७.४८ र अन्य समूह २.८९ प्रतिशतले घटेका छन् ।

मल्टिप्रपोज फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ९.७३ प्रतिशतले कमाएका छन् ।

ओरियण्टल होटल्स लिमिटेडका लगानीकर्ताले ५.३ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल