२५ प्रतिशतले नाफा बढ्दापनि सानिमाको इपिएस किन घट्यो ?



काठमाडौं । गैर आवासीय नेपालीको मुख्य लगानी रहेको सानिमा बैंकले २५ प्रतिशतले नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३४ करोड ४५ लाख रुपैयाँ नाफा गरेको विवरण सार्वजनिक गरेको छ ।

अघिल्लो वर्षको असोज मसान्तको तुलनामा सानिमाले नाफामा २५ प्रतिशतले बढाएको हो । अघिल्लो वर्ष असोज मसान्तमा बैंकको नाफा २७ करोड थियो ।

बैंकले २५ प्रतिशतले नाफा बढाएपनि पुँजीबृद्धि अनुसार नाफा नबढेको कारण प्रति सेयर आम्दानी र रिर्टन अन इक्युटी(आरओई) घटेको छ ।

असोज मसान्तको वित्तीय विवरण अनुसार सानिमाको इपिएस १६ रुपैयाँ ७२ पैसा छ । यस्तै आरओई १४ प्रतिशत छ ।

अघिल्लो वर्ष इपिएस २० रुपैयाँ र आरओई १६.९४ प्रतिशत थियो ।

बैंकले चुक्ता पुँजी ८ अर्ब पुर्याएको छ । एकवर्षको अवधीमा बैंकले पुँजी ३ अर्बले बढाएको हो ।

बैंकको रिजर्बमा १ अर्ब ४० करोड छ ।

असोज मसान्तसम्ममा सानिमा बैंकमा ६४ अर्ब निक्षेप तथा कर्जा ५७ अर्ब रहेको छ । एक वर्षको अवधीमा बैंकले १६ अर्ब रुपैयाँ निक्षेप संकलन बढाएको छ भने कर्जा १३ अर्बले बढाएको छ ।

बैंकले असोज मसान्तमा ब्याज आम्दानीबाट मात्र ५९ करोड कमाएको छ ।
बैंकको कर्जाको बेस रेट १०.२७ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात ७९.१७ प्रतिशत रहेको छ ।

बैंकको एनपिएल ०.१४ प्रतिशत छ । यो वाणिज्य बैंकहरुमा सबैभन्दा कम हो ।


क्लिकमान्डु