ह्यात होटलको नाफा २८ करोड, प्रति शेयर आम्दानी १४ रुपैयाँ ८८ पैसा



काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले चालु आर्थिक बर्षमा २८ करोड सात लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको नाफा गत आर्थिक बर्षको यसै अवधिको तुलनामा दोब्बर भन्दा बढी हो । गत बर्ष कम्पनीले १३ करोड ६७ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफा बढाएपछि होटलले रिजर्बमा पनि सुधार गरेको छ । अघिल्लो वर्ष १४ करोड ऋणात्मक रहेको रिजर्ब यो वर्ष १४ करोडले धनात्मक भएको छ ।

अघिल्लो आर्थिक बर्षमा १४ करोड दुई लाख १६ हजार रुपैयाँ घाटामा जगेडा रहेको कम्पनीले गत बर्ष १४ करोड पाँच लाख ५५ हजार रुपैयाँ सञ्चित गर्न सकेको देखिन्छ ।
कम्पनीको आम्दानी २४.५४ प्रतिशतले बढेर एक अर्ब २६ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

अन्य आम्दानी १६ करोड २० लाख ५९ हजार रुपैयाँ रहेको छ ।
कम्पनीसँग हाल तीन अर्ब दुई करोड ७८ लाख रुपैयाँ सम्पत्ति रहेको छ । गतबर्षको यसै अवधिको तुलनामा कम्पनीको कुल सम्पत्ति ३.३७ प्रतिशतले मात्र बढेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ८८ करोड ६६ लाख रुपैयाँ रहेको छ । जसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८८ पैसा, नेटवर्थ ११४ रुपैयाँ चार पैसा र मूल्य आम्दानी अनुपात १७ दशमलव ५४ गुणा बढी रहेको छ ।

शेयर कारोबारमा होटलको अधिकतम मूल्य २ सय ९४ रुपैयाँमा कारोबार भएको थियो । भने न्यूनतम मूल्य २ सय ४५ रहेको थियो । अन्तिम मूल्य भने २ सय ६१ रुपैयाँ प्रति शेयरका कारोबार भएको थियो । उक्त विश्लेषण ५० दिनको कारोबार अवधीको हो ।


क्लिकमान्डु