पाटन अस्पतालमा जागिर खुल्यो, सबैभन्दा बढी स्टाफ नर्स मागियो



काठमाडौं । पाटन अस्पतालले रोजगारीका लागि आवेदन माग गरेको छ । अस्पतालले बायोमेडिकल इन्जिनियरिङदेखि फार्मेसी टेक्निसियन पदका लागि आवेदन खुलाएको हो ।

अस्पतालले सबैभन्दा धरै १४ जना स्टाफ नर्सका लागि आवेदन माग गरेको छ । साथै, अस्पतालले खुल्ला, महिला, जनजातिआदिवासीगरि ३ जना सिनियर स्टाफ नर्स माग गरेको छ ।

बायोमेडिकल इन्जिनियरिङ १ जना, ल्याव टेक्निसियन २ जना, फार्मेसी टेक्निसियन २ जना माग गरिएको छ ।

जागिरका लागि दरखास्त दिन अन्तिम मिति कात्तिक ३० गतेसम्म ४० बर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् । मंसिर ७ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने अस्पतालले जनाएको छ ।

आस्पतालले अधिकृतस्तरका लागि २ हजार रुपैयाँ र सहायकस्तरका लागि १ हजार ५ रुपैयाँ आवेदन फारमको दस्तुर निर्धारण गरेको छ । साथै, प्रत्यक समाबेशी समुहको लागि थप अधिकृतस्तरमा ४ सय रुपैयाँ र सहायकस्तरमा ३ सय रुपैयाँ तोकेको छ ।

परीक्षा दस्तुर लक्ष्मी बैंकको लगनखेलमा रहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाता नम्बर ००१८१०४००००४५५ मा बुझाई सक्कल भौचर निम्न लिखित कागजातहरुको १/१ प्रति प्रमाणित प्रतिलिपी दरखास्त पेस गर्नुपर्ने छ ।

आवेदन फारम र सम्बन्धीत पाठ्यक्रम प्रतिष्ठानको वेभसाइट www.pahs.edu.np/about/service-commission बाट डाउनलोड गर्न सकिने जनाइएको छ ।


पुष्प दुलाल