झण्डै १ खर्ब निक्षेप संकलन गरेको एभरेष्ट बैंकले गर्यो ५३ करोड नाफा




काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक बर्षको पहिलो ३ महिनामा ५३ करोड १४ लाख खुदनाफा आर्जन गरेको छ ।

बैंकले प्रकाशन गरेको अपरिष्कृत वित्तीय बिबरण अनुसार अघिल्लो बर्षको पहिलो त्रैमासको तुलना यस बर्ष २ करोडले नाफा बढाएको छ । बैंकले अघिल्लो बर्षको सोही समयमा ५१ करोड १३ लाख खुदनाफा आर्जन गरेको थियो ।

अघिल्लो बर्षको पहिलो त्रैमासमा २ अर्ब ७४ करोड चुक्ता पुँजी भएको बैकले चालु आबको पहिलो त्रैमासमा ६ अर्ब ११ करोड पुर्याएको छ । जसले बैंकको प्रतिसेयर आम्दानी घटेर ३५ रुपैयाँ २२ पैसा भएको छ । अघिल्लो बर्षको सोही समयमा बैंकको यस्तो आम्दानी ७८ रुपैयाँ ३१ पैसा थियो ।

बैंकले ९९ अर्ब ३७ करोड निक्षेप संकलनगरी ८१ अर्ब ८५ करोड कर्जा प्रबाह गरेको छ भने, बैंकको खराब कर्जा ०.२६ प्रतिशत मात्र रहेको छ ।
बैंकले वित्तीय क्षेत्रमा देखिएको व्याजदरको प्रतिस्पर्धालाई मुख्य चुनौतिको रुपमा चित्रण गरेको छ ।


क्लिकमान्डु