जाडोका लागि काठमाडौं आइपुगे नयाँ फेसनका कपडा, ५० प्रतिशतसम्म छुट



काठमाडौं । तिहार सकिए लगतै काठमाडौंमा जाडो सुरु भएको छ । जाडो सुरु हुन थाले लगत्तै व्यापारीहरुले पनि जाडोका कपडा भित्र्याएका छन् ।

काठमाडौंका विभिन्न मलहरुमा बच्चादेखि महिलापुरुष सबैको लागि जाडोको कपडा आइसकेका छन् । केही ठाउँमा भने जाडोको कपडा आउन अझै बाँकी रहेको पनि पाइएको छ ।

तपाइ आफ्नो बजेट अनुसार कुनै पनि मल तथा कपडा स्टोरमा गएर आफ्नो र आफ्नो घर परिवारको लागि जाडोको कपडा अरिद गर्न सक्नु हुनेछ । हामीले केएल टावर, भाटभटिनी, सिटि सेन्टर, विश्व ज्योती मल तथा दरवारमार्गमा रहेका केही कपडा स्टोरहरुमा जाडोका कपडाहरुको मूल्यसुची संकलन गरेका छौं ।

भाटभटिनीमा रहेका सबै जसो कपडामा १० प्रतिशतसम्मको छुट राखिएको विक्रेता अस्मिता घले बताउछिन । उनी भन्छिन् ‘फिक्स्ट आइटमहरुमा ४० प्रतिशतसम्म छुट राखिएको छ ।’

केएल टावरमा रहेको हामिनिक कलेक्सनमा लेडिजका जाडोका कपडाहरु १ हजार ५ सय रुपैयाँदेखि २ हजार रुपैयाँसम्ममा विक्री भैरहेको छ । यहाँ रहेका कपडाहरुमा ५० प्रतिशतसम्म छुट दिइएको विक्रेता सुस्मिता काफ्ले बताउछिन् । यो अफर जाडो महिना भरी रहने काफ्लेको भनाइ छ ।

यस्तै केएल टावरमै रहेको डिलाइट प्लस कपडा कलेकसन्समा पुरुषहरुले लगाउने जाडोको कपडा ४ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्मका छन् । सामान्यतः दिनमा २० देखि ३० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको बताउने व्यापारी हिक्मत बहादुर सिंह जाडो महिनामा भने दिनमा नै ३० हजार रुपैयाँभन्दा माथिको व्यापार हुने गरेको बताउछन् ।

यस्तै भाटभटिनीमा बच्चादेखि वृद्धसम्मले लगाउने सबैखालका जाडोका कपडाहरु आइसकेको छ । भाटभटिनीमा रहेका सबै जसो कपडामा १० प्रतिशतसम्मको छुट राखिएको विक्रेता अस्मिता घले बताउछिन । उनी भन्छिन् ‘फिक्स्ट आइटमहरुमा ४० प्रतिशतसम्म छुट राखिएको छ ।’

भाटभटिनीमा रहेका बच्चाका कपडाहरु ५ सय रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्ममा विक्री भैरहेको छ । यस्तै ठूलादेखि वृद्धले लगाउने जाडोका जेन्स लुगाहरु १ हजार ५ सय रुपैयाँदेखि ६ हजार रुपैयाँसम्ममा विक्री हुने गरेको छ । लेडिजहरुले लगाउने जाडोका कपडाहरु १ हजार ५ सय रुपैयाँदेखि २ हजार ८ सय रुपैयाँ पर्ने गरेको घलेको भनाइ छ ।

विश्वज्योती मलमा रहेको गौतम ट्रेडर्समा लेडिजहरुको जाडोका कपडाहरुमा २० देखि २५ प्रतिशतसम्मको छुट रहेको बिक्रेता अन्जना गौतमले बताइन् ।

डिल्ली बजारमा रहेको जिनी एण्ड जोनीमा जाडोका लुगाहरु केही दिनमा नै यसका ब्रान्चहरुमा पुग्ने छन् । जिनी एण्ड जोनीका बच्चादेखि वृद्ध सबैको कपडा वेर हाउसमा आइसकेको यहाँका हेड अफ आइटिका श्याम सिवाकोटीले बताए । यहाँ ४५ हजार रुपैयाँसम्मको कपडाहरु बिक्रीको लागि राखिएको छ ।

सो पसलमा बच्चाहरुले लगाउने सेमी विन्टरस र हेभी विन्टस गरी जाडोको कपडा ८ सय ९८ रुपैयाँदेखि ७ हजार ७ सय ९८ रुपैयाँसम्ममा विक्री हुने गरेको छ ।

लेडिजहरुले लगाउने जाडोका कपडाहरु यहाँ २ सय ९८ देखि १८ हजार ६ सय ९८ रुपैयाँसम्ममा किन्न सकिने सिवाकोटीले बताए । यस्तै जेन्सका जाडोका कपडाहरु यहाँ २ हजार ८ सय ९८ रुपैयाँदेखि ३८ हजार ६ सय ९८ रुपैयाँसम्मा विक्री भैरहेको छ ।

विश्वज्योती मलमा रहेको गौतम ट्रेडर्समा लेडिजहरुको जाडोका कपडाहरुमा २० देखि २५ प्रतिशतसम्मको छुट रहेको बिक्रेता अन्जना गौतमले बताइन् । यहाँ रहेका कपडाहरुको मूल्य १ हजार ८ सय रुपैयाँदेखि २ हजार ८ सय रुपैयाँसम्म पर्ने गर्छ ।

सिटी सेन्टरको तेस्रो तल्लामा रहेको जोन प्लेयरर्समा जेन्सहरुले लगाउने स्वेटरसहरु ३ हजार १ सय रुपैयाँदेखि ३ हजार ४ सय ९९ रुपैयाँसम्ममा विक्री भैरहेको छ । यहाँकी विक्रेता मनिसा खड्काका अनुसार यहाँ रहेका जेन्सका सोवेक सर्टसहरु ३ हजार १ सय ९९ रुपैयाँमा मात्र विक्री हुने गरेको छ ।


पुष्प दुलाल