सिटिजन्स बैंकमा जागिर खुल्यो, कात्तिक ३० गतेसम्म आवेदन दिन सकिने




काठमाडौं । सिटिजन्स बैंकले जागिरका लागि आवेदन माग गरेको छ । बैंकले चार्टर्ड एकाउन्टेन्टदेखि ट्रेनी एसिस्टेन्टसम्मका लागि जागिर खुलाएको हो ।

चार्टर्ड एकाउन्टेन्टका लागि आएक्यान र आइसीएआई उत्र्तीणले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकले केहि संख्यामा ब्रान्च म्यानेजर पनि माग गरेको छ । म्यानेजरका लागि जुनियर अफिरका लागि ५ बर्ष र सुपरभाइजरका लागि ३ बर्षको कर्मसियल बैंकमा अनुभव भएकाले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकले एक जना डाटावेस एडमिनिस्ट्रेटर माग गरेको छ । एडमिनिस्ट्रेटरका लागि बैंकले ३ बर्षको ओराकल डाटावेस एडमिनिस्ट्रेटरको अनुभव भएकाले आवेदन दिन सक्ने छन् ।

बैंकले केहि संख्यामा म्यानेजमेन्ट ट्रेनी माग गरेको छ । म्यानेजमेन्ट ट्रेनीका लागि बैंकले प्रथम क्षेणीमा एमबीए उत्र्तीणलाई प्राथमिकता दिने जनाएको छ ।

साथै, बैंकले केहि संख्यमा ट्रेनी एसिस्टेन्ट पनि माग गरेको छ । एसिस्टेन्ट पदका लागि प्रथम क्षेणीमा स्नातक उत्र्तीणले आवेदन दिन सक्नेछन् ।

आवेदकले आवश्यक कागजात सहित कात्तिक ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

आवेदकले बैंकको वेवसाइट www.ctznbank.com/career.php बाट आवेदन दिन सक्नेछन् ।


पुष्प दुलाल