बंगलादेशको बैंकमा यसरी भएको थियो अर्बौंको ‘स्वीफ्ट काण्ड’



काठमाडौं । अहिले एनआइसी एशिया बैंकको स्वीफ्ट ह्याक गरेर मोटो रकम विदेश पठाइएको विषय देश÷विदेशमा चर्चामा छ ।

समयमै बैंक व्यवस्थापनले थाहा पाएका कारण ह्याकरले भुक्तानीका लागि अर्डर गरेको पैसा भुक्तानी नगर्न राष्ट्र बैंकले सम्बन्धित देशका केन्द्रिय बैंकलाई पत्राचार गरिसकेको छ । जसकारण बैंकले केही करोड मात्रै गुमाउने सक्ने देखिन्छ ।

एक वर्षअघि अर्थात् सन् २०१६ मा बंगलादेशमा पनि यस्तै खालको स्वीफ्टमार्फत चोरी भएको थियो । ह्याकहरुले बैंकको सुरक्षा प्रणालीमा छिरेर १० करोड अमेरिकी डलर अर्थात् १० अर्ब नेपाली रुपैयाँ बराबरको रकम पठाएको थियो । विदेशी सञ्चार माध्यमहरुका अनुसार पेमेन्ट ट्रान्र्सफर तथा कोड प्रयोग गरेर स्वीफ्ट ह्याक गरिएको थियो ।

ह्याकरले थप ७८ करोड अमेरिकी डलर अर्थात् ७८ अर्ब नेपाली रुपैयाँ समेत ह्याक गर्ने योजना बनाएका थिए । तर बैंकले त्यो रकम भने चोरी हुनबाट बचाएको थियो ।

‘ब्याङक इन्फो सेक्युरिटी डट कम’का अनुसार बंगलादेशको केन्द्रीय बैंकबाट नै रकम ह्याक गरिएको विषयलाई अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले सुरक्षात्मक लापरवाही भन्दै आलोचना गरेको थियो ।

सुरक्षा र नीतिगत विषयमा नै समस्या रहेको आन्तरिक अनुसन्धानमा देखाइएको थियो । बंगलादेशको बैंकले भने उक्त रकम चोरी भएपछि बैंकको अवस्थालाई कसरी सामान्यीकरण गरियो भन्ने बारेमा भने केही बताएको छैन ।

यसरी बंगलादेशमा बैंकको ह्याक गरी चोरी भएको रकम हालसम्म पनि फिर्ता भएको छैन । ह्याक हुन बाँकी केही रकम मात्रै फिर्ता भएको अथवा बाटोमा रहेको रकम मात्रै फिर्ता भएको थियो ।

तर ह्याकको विषयमा आरोप प्रत्यारोप मात्रै भएको र हालसम्म कुनै निकास भने ननिस्केको बताइन्छ ।

विश्वव्यापी रुपमा हेर्दा नै हालसम्म स्वीफ्ट नै ह्याकिङको खास कारणको रुपमा रहेको पाइएको छ । बेल्जियमको कर्पोरेट बैंकिङले दिएको सूचनामा पनि विश्वभर हालसम्म ३० वटा स्वीफ्ट कोडमार्फत् बैंक ह्याकिङ भएको छ । त्यसमा ५ वटा कोडमार्फत् बंगलादेशको बैंक ह्याक गर्न ह्याकरहरु सफल भएका थिए ।

ह्याकिङ सम्बन्धी केही तथ्य

संसारमा १०० वटा बैंक तथा वित्तीय संस्थामा स्वीफ्ट ह्याकिङ गरी चोरी भएको छ ।

नेपालमा भने एनआइसी एशिया बैंकमा पहिलो पटक स्वीफ्ट ह्याकिङ गरी चोरी भएको हो ।

विश्वका २०० बढी देशका ११ हजारभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु स्वीफ्टको सदस्य छन् । उनीहरु स्वीफ्ट कोड प्रयोग गर्छन् ।

सन् १९७० बाट विश्वभर स्वीफ्ट कोड प्रयोग गर्न थालिएको हो ।

ताइवानको फार वेस्टर्न इन्टरनेशन बैंकबाट ६० मिलियन अमेरिकी डलर स्न २०१७ मा ह्याक राइजल कमर्सियल बैंक फिलिपिन्सबाट ९५१ मिलियन अमेरिकी डलर ह्याक भएको थियो ।


पुष्प दुलाल