को मुख्यमन्त्री बन्ने भन्दै वाम गठबन्धनमा लफडा !



काठमाडौं । मुख्यमन्त्री को बन्ने भन्दै वाम गठबन्धनमा लफडा सुरु भएको छ । एमालेका नेता एवम् पूर्वमन्त्री यमलाल कडेलले यसअघि नै प्रदेश नं ६ मा आफू मुख्यमन्त्री बन्दै दाबी मात्रै गरेनन् प्रचार समेत गराए ।

जब उम्मेदवारी मनोनयनको समय आयो तब बिनाविभागिय मन्त्री महेन्द्रबहादुर शाहीले समेत त्यसमा इच्छा देखाए । गत संविधानसभामा कालीकोटबाट प्रत्यक्ष निर्वाचित शाहीले यस पटक मुख्यमन्त्री बन्ने भन्दै प्रदेशसभाका लागि मनोनयन गरेका छन् ।

रमाइलो त के भयो भने माओवादी केन्द्रले मुख्य मन्त्री भन्दै जुम्लाका नेता नरेश भण्डारीलाई प्रदेशसभामा उम्मेदवार बनाउने घोषणा यसअघि नै गरेको थियो । जुम्लाका भण्डारीले मुख्यमन्त्रीका लागि भन्दै प्रचार मात्रै गराएनन्, आफू त्यसका लागि तयार रहेको समेत बताए ।

माओवादीले उनलाई नै भावी मुख्यमन्त्री भन्दै स्थानीय तहमा प्रचार गरायो । तर अन्त्यमा शाही उम्मेदवार बनेर गए । त्यस्तै नेपाली काँग्रेसले पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने भन्दै प्रचार सुरु गरेको छ । उनी हुम्लाका लोकप्रिय नेता हुन् ।


पुष्प दुलाल