माछापुच्छ्रे बैंकले दिने भयो ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश



काठमाडौं । माछापुच्छ्रे बैंकले ९ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकले हकप्रद सेयर जारी भएपछि कायम भएको चुक्ता पुँजी ७ अर्ब ३९ करोड रुपैयाँमा ९ प्रतिशत बोनस सेयर ४४ करोड रुपैयाँ बोनस सेयर दिने भएको छ ।

यस्तै बैंकले ६ प्रतिशत नगद लाभांश पनि दिने घोषणा गरेको छ ।

बोनस सेयर तथा नगद लाभांशको कर नगद लाभांशबाट बाटै हुने बैंकले जनाएको छ ।

बिक्री नभएको हकप्रद सेयर लिलामीबाट भर्नेले पनि माछापुच्छ्रेको बोनस तथा नगद लाभांश पाउने छन् ।


क्लिकमान्डु