हेवाखोलाको सेयर निष्कासनको बिक्री प्रवन्धकमा सानिमा क्यापिटल



काठमाडौं । १४.९ मेगावाटको हेवा खोला जलविद्युत् आयोजनाले निष्कासन गर्न लागेको सेयरको बिक्री प्रवन्धकमा सानिमा क्यापिटल नियुक्त भएको छ ।

हेवा खोलाले आयोजना प्रभावित,कर्मचारी तथा सर्वसाधारणको लागि २० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको छ ।

सम्झौतामा हेवा खोला जलविद्युत आयोजनाको निर्माण कम्पनी पाँचथर पावर कम्पनीका प्रवन्ध संचालक पुष्पज्वोति ढुंगाना र सानिमा क्यापिटलका सिइओ मनिष नारायण जोशीले हस्ताक्षर गरे ।


क्लिकमान्डु