दंगालको एकल नाम सिफारिस




काठमाडौं । नेकपा माओवादी (केन्द्र)ले बारा निर्वाचन क्षेत्र १ (क) प्रदेश सभा प्रत्येक्ष तर्फ युवा नेता रविराज दंगालको नाम सिफारिस गरेको छ । जिल्ला कमिटिले प्रदेश सभा निर्वाचनका लागि दंगालको एकल नाम सिफारिस गरेको हो ।

दंगाल माओवादीका केन्द्रीय सदस्यसमेत हुन् । फास्ट ट्रयाक, निजगढ अन्तराष्ट्रिय विमानस्थ निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिका संयोजक छन् ।

उनको संयोजकत्वमा २०७३ साल मंसिर १७ गतेदेखि २० गतेसम्म ६१ जनाले फास्ट ट्रयाक र निजगढ अन्तराष्ट्रिय विमानस्थ निर्माणका लागि दवाव सिर्जना गर्न निजगढदेखि काठमाडौंसम्मको पैदल यात्रा गरेका थिए ।

तत्कालिन प्रधानमन्त्री पूष्पकमल दाहाललाई स्थानीय जनताबाट संकलित १ लाख ५० रुपैयाँ हस्तान्तरण गरेका थिए ।


पुष्प दुलाल