लक्ष्मीले बैंकले दिने भयो १० प्रतिशत बोनस सेयर



काठमाडौं । लक्ष्मी बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको संचालक समितिको बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

राष्ट्र बैंकले बोनस सेयर स्वीकृत गरेपछि सेयरधनीले साधारणसभापछि बोनस सेयर पाउने छन् ।

बोनस सेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब २१ करोड पुग्ने छ ।


क्लिकमान्डु