चौधरी ग्राममा रहेको सिजी गल्फ कोर्टमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता हुने



नवलपरासी । नवलपरासीको चौधरी उद्योग ग्राममा रहेको सिजी गल्फ कोर्टमा अबदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि खुल्ला गरिएको छ ।

उक्त गल्फ कोर्ट निर्माणकर्ता चौधरी उद्योग ग्रामका अध्यक्ष एवं उद्योगपति विनोद चौधरीले अब चाँडै यस कोर्टलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागिएको जानकारी दिए ।

नेपालमा गल्फ खेलको विकासका लागि उद्योग परिसरमा सन् २००३ मा निर्माण गरिएको उक्त कोर्टलाई स्तरोन्नति गरी रिट्रिटमा रुपान्तरण गर्न लागिएको उनले जानकारी दिए । रासस


क्लिकमान्डु