लगानीकर्ताको मनोबल फर्कियो,नेप्से परिसूचक ४८ अंकले बढ्यो



काठमाडौं । दशैं लागेदेखि उत्साहजन रुपमा बढ्न नसकेको सेयर बजार लक्ष्मी पुँजा नजिकिएसँगै उत्साहजनक रुपमा बढेको छ ।

नेप्से परिसूचक ४८.६६ अंकले बढेको छ । आइतबार नेप्से १५६४.९० अंकमा अडेको छ ।

सोमबारको बजारलाई विश्लेषण गर्दा लगानीकर्तामा आत्मविश्वास पलाएको विश्लेषण गर्न सकिन्छ ।

सूचिकृत कम्पनीले लाभांशपनि राम्रो नै घोषणा गरिरहेको तथा बजारमा लगानीकर्ता पछिल्लो समय आशावादी देखिन थालेका छन् ।

धितोपत्र बोर्डले तिहारपछि मार्जिन लेन्डिङको सुविधा ब्रोक्रर कार्यालयबाट उपलब्ध गराउने तथा साताको पहिलो दिन १ सय ६३ कम्पनीका १३ लाख ४७ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ६० करोड ५० लाख ७६ हजार रुपैयाँ बराबरको सेयर किन बेच भएको छ ।

नेप्सेमा उच्च वृद्धि देखिदा ट्रेडिङ समूह ४.२२ अंकले घटेको छ भने बैंकिङ समूह ४८.६६, होटल समूह ७८.०५, विकास बैंक समूह ५७.३६ , जल विद्युत समूह ५२.५५, वित्तीय समूह ९.९, बीमा समूह २६४.७५ र र अन्य समूह ०.२८ अंकले बढेका छन् ।
बैंक अफ काठमाडौंको सेयर १० करोड ८५ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।

कर्णाली डेभलपमेन्ट बैंक, बेस्ट फाइनान्स र एबी इन्स्सोरेन्सका लगानीकर्ताले ९.९६, ९.३५ र ९.१८ प्रतिशतले कमाएका छन् ।
विसाल बजार कम्पनीका लगानीकर्ताले २.३३ प्रतिशतले गुमाएका छन् ।

 


क्लिकमान्डु