मासिक ८८ सय तिरेर ४० वर्षमै यसरी बन्नुस् करोडपति



काठमाडौं । करोडपति बन्ने मन कस्लाई पो नहोला र ? तर कसरी बन्ने ? यो भने समस्या हुनसक्छ । कतिपयले पैसा कमाउने चक्करमा नराम्रो कामसमेत गर्छन् । र, आफ्नो जीबन नै बर्बादमा पार्छन् ।

तर, मिहेनत गरेर कमाएको ससानो पैसा लगानी गरेर पनि करोडपति बन्न सकिन्छ ।

आइतबारदेखि सञ्चालनमा आएको रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले करोडपति नामक बीमा योजना सञ्चालनमा ल्याएको छ ।

तपाईंले यो बीमा कम्पनीमा ४० वर्षसम्म मासिक ८ हजार ८ सय १७ रुपैयाँ बीमा शुल्क तिर्नुभयो भने तपाईलाई कम्पनीले १ करोड रुपैयाँ फिर्ता गर्छ ।

र, यसरी बीमा गर्ने ब्यक्तिको दुर्घटनामा परि बिचमै मृत्यू भएमा विमितको परिवारलाई बीमांक रकम बराबर नै भुक्तानी दिइने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहोनीले जानकारी दिए । अर्थात १ करोड रुपैयाँ बराबरको बीमा गरेको ब्यक्तिले पहिलो किस्ता तिरेपछि नै दुर्भाग्यबस मृत्यू भएमा उसको परिवारले १ करोड रुपैयाँ नै भुक्तानी पाउने छ ।

करोडपति नामक बीमा योजनामा बीमितले ५० लाख रुपैयाँदेखि १ करोड, २ करोड र सोभन्दा माथिको बीमा गराउन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बीमा अबधि न्यूनतम १० वर्षदेखि अधिकतम ४० वर्षसम्म रहेको छ । यो सुविधा १६ वर्षदेखि ५५ वर्ष उमेरका सर्वसाधारणले लिन सक्नेछन् ।

यो कम्पनीको कारोबारको उदघाटन बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले गरे ।


पुष्प दुलाल