एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेद्वारी, कस्ले मार्ला बाजी ?



काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा ३ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । काठमाडौंमा भइरहेको एनआरएन ८औं विश्व सम्मेलनमा आगामी नेतृत्वका लागि दाबी गर्दै ३ जनाले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

अहिलेको कार्यकालका उपाध्यक्ष भमवन भट्ट, पूर्वउपाध्यक्ष टिबी कार्की र अहिलेको अध्यक्ष शेष घले पत्नी जमुना घलेले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

त्यसैगरी, उपाध्यक्षमा ७ जना र महासचिवमा २ जनाले उम्मेद्वारी दर्ता गराएको निर्वाचन कमिटिले जानकारी दिएको छ ।

उम्मेद्वारी दर्ता गराएका ३ जनामध्ये भट्ट र गुरुङबीच तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरुको तुलनामा कार्की कमजोर देखिएका छन् ।


पुष्प दुलाल