कसरी भयो २६ वर्षे ठिटो अर्बपति ?



२६ वर्षको उमेरमा धेरैजसो युवाहरु कि पढ्दै हुन्छन् या पढाई सकेर जागिर खाने तयारीमा हुन्छन् । कतिपयले जागिरपनि खाइसकेका हुन्छन् ।

यो उमेरमा आफ्नै मेहनतले कोही व्यक्ति अर्बपति बन्यो भनेर धेरैलाई विश्वास नलाग्नपनि सक्छ । विश्वमा यस्तो सफलता कथा कमै देख्न पाइन्छ ।

आयरल्याण्डका जोन कोलिसन २६ वर्षका भए । उनी आफ्नै मेहनतले गर्दा अर्बपति बन्न सफल भएका छन् ।

अर्बपतिको सूचि प्रकाशित गर्ने फोब्र्स पत्रिकाले उनलाई ‘युथ सेल्फ मेड बिलिनियर’ २०१७ को सूचिमा राखेको छ ।

जोन अनलाइन पेमेन्ट कम्पनी स्ट्रिप को संस्थापक अध्यक्ष हुन् । उनले यो कम्पनी आफ्नो दाईको सहयोगमा सन् २०१० मा खोलेका थिए ।

स्ट्रिपले इन्टरनेटको मद्दतबाट सजिलै अनलाइन पेमेन्ट गर्नको लागि मद्दत गर्छ । स्ट्रिप कम्पनीले अहिले १ लाखभन्दा बढी कम्पनीलाई सेवा दिने गर्छ ।

जोनलाई यो कम्पनी सुरु गर्ने आइडिया आफ्नो दाईको पेट्रिकसँग दक्षिण अफ्रिकाको भ्रमणको क्रममा आएको थियो । भ्रमणबाट फर्केपछि उनले जोनले कम्पनीको स्थापना गरे ।

जोनको कम्पनीको पैसामा मुल्यांकन गर्दा करिब १० खर्ब नेपाली रुपैयाँ जति पर्छ ।

जोनको कम्पनी स्ट्रिपमा अहिले साढे ५ सय व्यक्तिले रोजगारी पाएका छन् । कम्पनीको कारोबार २५ देशमा फैलिएको छ ।

जोनले सबैभन्दा पहिले आफ्नो दाईसँग मिलेर अक्टोमेटिक नामको स्टाटअफ सुरु गरेका थिए ।

सन् २००८ मा उनले ५ मिलियन अमेरिकी डलरमा कम्पनी बिक्री गरेका थिए । उनी १९ वर्षको उमेरमा करोडपति भइसकेका थिए ।

जोनको शोख हवाईजहाज उडाउने छ । उनीसँग यसको लाइसेन्सपनि छ । यस्तै मोटरसाइकल र साइकलमा बिहान पहाडतिर जान उनी रुचाउने गर्छन् ।


क्लिकमान्डु