इमेजको अगुवाइमा बाढी पहिरो पिडितलाई संकलन गरिएको ४० लाख प्रधानमन्त्रीलाई बुझाईयो




काठमाडौं । ईमेज च्यानल बाढी पहिरो राहत कोषमा जम्मा भएको ४० लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा हस्तान्तरण गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई राहत कोषमा जम्मा भएको शो रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

सनराईज बैंक, ग्लोबल आईएमइ बैंक र सगरमाथा इन्सोरेन्सको सहभागिता उक्त रकम जम्ममा भएको मानन्धरले बताए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले राहत कोष स्थापना गरी बाढी पीडित जनतालाई सहयोग गरेकोमा धन्यवाद दिँदै राहत सही ढंगबाट सदुपयोग हुने बताए ।

हस्तान्तरण कार्यक्रममा सनराईज बैंकका अध्यक्ष मोतिलाल दुगड, कार्यकारी निर्देशक रत्नराज बज्राचार्य, सगरमाथा इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, डेपुटी प्रमुख कार्यकारी अधिकृत सुबोधलाल श्रेष्ठ र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालको प्रतिनिधित्व गर्दै प्रमुख बजार व्यवस्थापक गणेश अवस्थी र नायव प्रमुख कार्यकारी अधिकृत सुमन शर्माको समेत उपस्थिती रहेको थियो ।

कोषमा सनराईज बैंकले १५ लाख, ग्लोबल आईएमई बैंकले ११ लाख र सगरमाथा इन्सोरेन्सले १० लाख जम्मा गरेका थिए ।


क्लिकमान्डु