सुजल फुडले बनायो सिफलमा ‘चोकोफन बाल-बाटिका’ खेल मैलान



काठमाडौं । नेपालको सबैभन्दा ठूलो र अग्रणी कनफेक्सनरी (चकलेट) उत्पादक कम्पनी सुजल फूड्स प्रालिले बाल संरक्षण गृह, सिफलमा ‘चोकोफनबाल–बाटिका’ नामक खेल मैदान निर्माण गरेको छ ।

विगत १७ बर्षदेखि कम्पनीको उत्पादन चोकोफनले नेपालभरका बाल-बालिकामाझ मुस्कान छर्न सफलहुँदै आएको छ । यो खेल मैदानलाई कम्पनीले संरक्षण गृह माआश्रित बाल-बालिकाहरुलाई खुशी र मुस्कान बाँड्ने एउटा अर्को जमर्को भएको जनाएको छ ।

यस बाटीकामा खेल सामाग्रीहरु चिप्लेटी, ढिकी-च्याउ र पिङ् र खेलमैदानमा निर्माण गरिएको छ । त्यस्तै मैदानसँगै जोडिएको पर्खालमा बाल–बालिकाहरु खेलमैदानमा रमाइरहेका आकर्षक चित्र पेन्ट गरिएको छ ।

खेल–मैदान विभिन्न रङ्गहरुको प्रयोग गरी कलात्मक ढङ्गले बारिएको छ । खेलमैदानमा बाल–बालिकाहरुको सुरक्षाको मध्यनजर गर्दै र प्राकृतिक स्वरुप दिन उच्च गुणस्तरको दुबो रोपिएको छ ।

कम्पनीले निकट भविष्यमा यस्तो खेलमैदानको निर्माण बालमन्दिरका अन्य शाखामा पनि विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ । साथै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बालबालिका सम्बन्धित क्षेत्रहरु बाल-शिक्षा, बाल-स्वास्थ्य, बाल-पोषण र वातावरणमा समेत विस्तार गर्ने जनाएको छ ।

कम्पनीले चोखोपनलाई सन् १९९९ मा पहिलो पटक बजारमा ल्याएको हो । लक्ष्मी ग्रुप अन्तर्गतको भातृ संस्था सुजल फू्ड्सले विगत चार दशकदेखि उच्च गुणस्तरको चकलेटहरुको उत्पादनगर्दै आएको छ ।

कम्पनीले अन्तरष्ट्रिय स्तरको वेफर, टफी, बबलगम् तथा स्टिक गम् उत्पादन गर्दै आएको छ । चोकोफन, क्रेभ, रसिलो कयान्डी, फ्रेसो, क्यान्डीम्यान, आदि कम्पनीले उत्पादन गर्ने ब्राण्ड हुन् ।


क्लिकमान्डु