गाडिभाडा बराबरमा हवाई टिकेट, २२ सयमै पोखरा जान सकिने, कहाँ जान कति ?



काठमाडौं । दशैं मानेर घरबाट काठमाडौं फर्कनेहरुको चाप छटसम्म रहने गरेको छ । दशैं मान्न जानको लागि टिकट नपाएर हैरान पनि हुनुहुन्थ्यो । तर अहिले काठमाडौं बाट अन्यत्र जान भने एयरलाइन्स कम्पनीहरुले सस्तोमा हवाई टिकट दिइरहेका छन् ।

महंगो रुटको उपमा पाएको पोखरा घुम्न जान चाहनेहरुको लागि एयरलाइन्सहरुले २ हजार २ सय रुपैयाँमा एकतर्फी टिकट दिइरहेका छन् । एयरलाइन्स कम्पनीहरुले खाली सिट उडान भरिरहेकोले सस्तोमै काठमाडौं बाट बाहिर जानेहरुको लागि टिकट उपलव्ध गराइरहेका छन् ।

अहिले यात्रु नभएपछि एयरलाइन्स कम्पनीहरुले सवैभन्दा सस्तो टिकट दिइरहेका छन् । काठमाडौबाट विराटनगर जानेहरुको लागि ३ हजारमै टिकट पाइन्छ । तर जुन नन रिफन्डेवल टिकट हो । तर यात्रु चाप भएकोवेला ७ हजार १ सय सम्म पुग्दछ ।

काठमाडौंबाट भद्रपुर जान भने २ हजार ८ सय रुपैयाँमा टिकट फालाफाल पाइन्छ । तर अन्य समयमा ८ हजार सय सम्म भाडा पर्दछ । त्यस्तैगरी काठमाडौैंबाट जानको लागि पनि ३ हजार ७ सय रुपैयाँमानै टिकट पाइन्छ । जुन अन्य समयमा १२ हजार सम्म पर्दछ ।

त्यस्तैगरी काठमाडौंबाट भैरहवाको लागि २ हजार ८ सय रुपैयाँ मात्रै रहेको छ । त्यस्तैगरी काठमाडौं बाट नेपालगन्ज जान ३ हजार २ सय रुपैयाँ मात्रै रहेको छ । अन्य समयमा ९ हजार ४ सय रुपैयाँ पर्दछ ।

महंगो र सस्तो भाडा

गन्तव्य सस्तो महंगो
विराटनगर ३००० ७१००
भद्रपुर २८०० ८६००
धनगढी ३७०० १२१००
भैरहवा २८०० ५९००
नेपालगन्ज ३२०० ९४००
पोखरा २२०० ५४००


क्लिकमान्डु