एनएलजी इन्स्योरेन्सको जानकारी अब मोबाइल एप्सबाट



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बीमाको जानकारी दिन ‘एनएलजी मोबाइल’ एप्स सार्वजनिक गरेको छ । कम्पनीले मोबाइलका माध्यबाट बीमाको जानकारी दिन एप्स सुरु गरेको जानकारी दिएको छ ।

मोबाइल एप्स मार्फत ग्राहकहरुले बीमा गर्न चाहेका सम्पत्तिहरुको बीमा शुल्क, गणना गर्नुका साथै विभिन्न प्रकारका बीमा लेखहरुकाबारेमा थप जानकारी प्राप्त गर्न सक्नेछन् । बीमा लेखले गर्ने जोखिम बहनका बारेमा जानकारी लिनसक्ने व्यवस्था समेत एप्समा छ । निकट भविष्यमा यस एनएलजी एप्सबाट सम्बन्धित ग्राहकले आफ्नो बीमालेखको तथा दाबी भुक्तानी प्रकृयाका बारेमा समेत थप जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

एप्स गुगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिने छ । एकपटक डाउनलोड गरिएको एप्प अफलाइनमा समेत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।


पुष्प दुलाल