एलजीको वासिङ मेसिन विश्वमा सबैभन्दा धेरै बिक्री हुने




काठमाडौं । एलजीको वासिङ मेसिन विश्वको सबैभन्दा धेरै बिक्री हुने लुगा धुने उपकरणको अर्वाड जितेको छ । यूरोमोनिटर इन्टरनेस्नले एलजीको वासिङ मेसिनलाई सो अर्वाड प्रधान गरेको छ ।

अघिल्लो बर्षको अर्वाड पनि एलजीको वासिङ मेसिनले सो अवार्ड जितेको थियो । एलजीको वासिङ मेसिनमा नयाँ प्रविधिको इन्भटर डाइरेक्ट मोटर जडान गरिएको छ । यस्तो प्रविधि अन्य मेसिनमा उपलब्ध नभएको एलजीले जनाएको छ ।


पुष्प दुलाल