एनआरएन आईसीसी युवा संयोजकमा सुदन थापाको उमेदवारी




काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका निवर्तमान अध्यक्ष सुदन थापाले एनआरएनए आईसीसी युवा संयोजकमा उमेदवारी दिएका छन् ।

थापा सन् २००८ मा एनआरएनए जापानको कार्यसमिति सदस्य, २०१३ मा उपाध्यक्ष हुँदै २०१५ मा अध्यक्ष निर्वाचित भएका थिए । थापाले विश्वभर छरिएर रहेका युवाहरुको सामुहिक लगानी नेपाल भित्राउनका लागि उमेदवारी दिएको बताएका छन् ।

थापाले संयोजकमा विजयी भए १० वटा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

उनले नेपाली मौलिक उत्पादनलाई विश्वभर व्यापक प्रचारप्रसार गर्न र उपभोगमा ल्याउन विश्वका हरेक कुनाबाट साथ सहयोग जुटाउनेका साथै विभिन्न मुलुकमा रहेका नेपाली कुटनीतिक नियोगसँगको सहकार्यलाई विश्वसनीय बनाउन भूमिका खेल्नेलगायतका प्रतिबद्धता गरेका छन् ।

एनआरएनएको निर्वाचन यही असोज २८गतेदेखि ३० गतेसम्म हुन गईरहेको छ ।


पुष्प दुलाल