सिद्धार्थ इक्वीटी फण्डको १२ करोड इकाइको बिक्री खुल्ला आजदेखि



काठमाडौं । सिद्धार्थ इक्वीटी फण्डको १२ करोड इकाइ अर्थात १ अर्ब २० करोडको बिक्री आजदेखि खुल्ला भएको छ ।

प्रतिइकाई मूल्य १० रुपैयाँ तोकिएको उक्त फण्ड मध्ये १ करोड ८० लाख वा कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत कोष प्रवद्र्धक कम्पनी सिदार्थ बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी १० करोड २० लाख इकाइ बिक्री गरिने सिद्धार्थ क्यापिटलले जनाएको छ ।

आजदेखि सुरु भएको उक्त फण्डको कारोबार छिटोमा असोज २९ गतेसम्म ढिलोमा कात्तिक ८ गतेसम्म हुनेछ ।

इक्रा नेपालले ग्रेड थ्रीमा रेटिङ गरेको उक्त फण्डमा आवेदन गर्न चाहनेले नयूनतम १०० इकाइ खरिद गर्न सक्नेछन् ।


क्लिकमान्डु