लक्जरी ‘न्यु पसाट’ सार्वजनिक, नेपालमा १ करोड २५ लाखसम्म पर्ने



फक्सवागनले भारतमा आठौं पुस्ताको लक्जरी सेडान पसाट फक्सवागेन न्यु पसाट सार्वजनिक गरेको छ । दुई मोडलमा उपलब्ध पसाट कम्फर्टलाइनको मूल्य २९ लाख ९९ हजार र हाइलाइनको मूल्य ३२ लाख ९९ हजार भारु तोकिएको छ ।

फक्सवागनको नयाँ पसाटले स्कोडा सुपर्व, टोयोटा क्यामरी र होन्डा अकोर्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालमा पनि सन् २०१८ को सुरुवातमै आइसक्ने जनाइएको छ । नेपालमा आउँदा एक करोड देखि १ करोड २५ लाख रुपैयाँसम्म पर्ने छ ।

नयाँ फक्सवागन पसाटमा २.० लिटरको फोर सिलिन्डर टर्बो डिजेल इन्जिन छ, जसले १७७ एचपी पावर र ३५० एनएम टर्क प्रदान गर्छ । इन्जिनमा ६-स्पिड ड्युअल क्लच अटोमेटिक छ, जसले पछिल्लो पांग्रामा समेत शक्ति प्रदान गर्छ ।

पसाट ‘एमक्यूबी’ प्लेटफर्ममा निर्माण गरिएको छ । यो भन्दा पहिले फक्सवागनकै टिगुआन र स्कोडाको कोडियाक एसयूभी तथा सुपर्व सेडान र अक्टाभिया पनि यही प्लेटफर्ममा निर्माण भएका थिए ।

यसका कारण फक्सवागनको नयाँ पसाट पहिलेको भन्दा १३ एमएम कम लम्बाई, १२ एमएम चौडा र १३ एमएम होचो छ । यसको ह्विलबेस ८० एमएम लामो छ । बढेको चौडापन र ह्विलबेसका कारण यो बढी स्पेसियस बनेको छ । त्यसैगरी यसको तौल पनि पहिलेको भन्दा ७० किलोग्राम कम छ ।

फक्सवागनको नयाँ पसाटमा लक्जरी सेडानमा हुने विभिन्न इक्विपमेन्ट उपलब्ध छन् । यसमा प्यानोरामिक सनरुफ, रियर क्यामेरा सहितको ह्यान्ड्स फ्री पार्किङ असिष्ट, ९ वटा एयरब्याग, ईएससी, एबीएस, हिल स्टार्ट असिष्ट, थ्री जोन अटोमेटिक एसी, इलेक्ट्रिकल्ली एड्जस्टेबल फ्रन्ट सिट, एलईडी हेडल्याम्प, टेल ल्याम्प, एलोई ह्विल आदि छन् । यो विभिन्न ६ कलर अप्सनमा उपलब्ध छ । एजेन्सीको सहयोगमा


पुष्प दुलाल